Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
18.1 C
Kathmandu

राष्ट्रिय दलित पत्रकार संघद्वारा पर्सामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

spot_img

वीरगंज,२४ साउन । राष्ट्रिय दलित पत्रकार संघ, पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

शिविर वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको थियो, जसको अध्यक्षता संघका अध्यक्ष श्याम पासवानले गरेका थिए।

शिविरको उद्घाटन वडा अध्यक्ष हृदयनारायण कुर्मीले पहिलो सेवाग्राहीको रुपमा आफ्नै आँखा जाँच गराएर गरेका थिए। शिविरमा १५३ जनाको आँखा जाँच गरिएको थियो, जसमध्ये ६० जनामा मोतियाबिन्दुको समस्या फेला परेको थियो।

अस्पतालका सञ्चालक डा. महेश सिंह धामीका अनुसार मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरुको लागि आगामी आइतबार निःशुल्क शल्यक्रिया गरिनेछ।

शिविरमा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान र सुबास राम, दलित अगुवा प्रभु पासवान, शंकर कर्ण, दलित अभियान्ता लिला राम, स्थानीय अगुवा तथा सामुदायिक प्रहरीहरुको पनि उपस्थिति रहेको थियो।

यो शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once