Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
18.1 C
Kathmandu

काठमाडौंमा नोरा फतेहीको उत्कृष्ट प्रस्तुति (तस्बिर सहित)

spot_img

काठमाडौं,०४ जेष्ठ । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।

यो च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो ।

प्रस्तुतिको लागि शनिबार बिहान दुईबाट काठमाडौं आएकी नोरा आइतबार फिर्ने कार्यक्रम छ । वल्र्डवाइ फिल्म्सले नोराको टीमलाई नेपाल ल्याएको हो । कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिए ।

तस्वीरहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once