Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजकाे बाबा पशुपतिनाथ मन्दिरमा सावनको पहिलो सोमबार भक्तजनहरूको भीड

spot_img

वीरगंज,७ साउन । वीरगञ्ज महानगरपालिकाको चिनिमिल पिपरा नजिक रहेको बाबा पशुपतिनाथ मन्दिरमा आज सावनको पहिलो सोमबारको अवसरमा दर्शनार्थीहरूको भीड लागेको छ।

हरेक वर्ष सावन महिनामा विशेष पूजा, आराधना, र व्रत गर्ने परम्परा अनुरूप यसपालि पनि भक्तजनहरू बिहानैदेखि मन्दिरमा उपस्थित भएका थिए।

सावन महिनाको सोमबार भगवान् शिवको विशेष दिन मानिन्छ। यस दिन शिवलिंगमा जल चढाउनु, बेलपत्र अर्पण गर्नु, र उपवास बस्नाले मनोकामना पुरा हुने विश्वासमा स्थानीयदेखि टाढाटाढाबाट भक्तजनहरू आउने गर्छन्। आज पनि मन्दिरको परिसरमा जल, पुष्प, बेलपत्र, धूप आदि चढाउँदै भक्तजनहरूले विशेष पूजा गरेका थिए।

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्थापन गरेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शनार्थीहरूको भीडलाई व्यवस्थित गर्न स्वयंसेवकहरू परिचालन गरिएका छन्। भक्तजनहरूको आगमनले मन्दिर परिसरमा उल्लासमय वातावरण सिर्जना भएको छ।

मन्दिरमा भएको यस उत्सवले धार्मिक आस्थाको जगेर्ना गर्ने विश्वास गर्दै स्थानीय जनसमुदायले पनि यसको स्वागत गरेका छन्। सावन महिना भरि हरेक सोमबार यस्तै भीड रहने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once