Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा रहेकाे महालक्ष्मी बिकास बैंकमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ…

spot_img

वीरगंज (पर्सा), ३१ असार । वीरगंजको अलखिया मठदेखि पश्चिमतर्फ रहेको महालक्ष्मी विकास बैंकको शाखामा कार्यरत दुईजना कर्मचारीको छुद्र व्यवहारको कारण सेवाग्राहीहरु असन्तुष्ट भएका छन् । आफ्नै पैसा निकाल्न बैंकमा जाँदा नगद विभागमा कार्यरत इन्चार्ज महिला कर्मचारी प्रिया गुप्ता र सन्दिप कुशवाहाको छुद्र व्यवहारको कारण सेवाग्राहीहरु अनाहकमा सास्ती खेप्न बाध्य छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त यस बैंकमा कारोबार गर्ने सेवाग्राहीहरु बैंकको सेवाबाट पहिलादेखि असन्तुष्ट त छदैछन्, त्यसमा कार्यरत यि दुईजना कर्मचारीहरुले सेवाग्राहीहरुसँग गर्ने गरेको दुव्र्यवहारका कारण त्यस बैंकबाट कारोबार नै बन्द गर्नेसम्म मनसाय बनाईसकेका छन् । आइतबार बैंकमा आफ्नै पैसा निकाल्न जाँदा सेवाग्राहीसँग बैंकका कर्मचारी कुशवाहाले ‘आफ्नो बुवाको निजी सम्पत्ति सरह’ बैंकबाट जाउ भनेर हप्काए । भनेपछि सेवाग्राहीले आफ्नै पैसा नपाउने भए ।

आर्थिक मसान्तको बखत बैंकहरुमा भीड लागि रहेको बेला टोकिन बिनाकै सेवाग्राहीको काम अगाडि गरिदिँदा एकछिन विवाद नै भएको थियो । बैंकमा टोकन सिस्टम लागु रहेकोमा आफ्नो नम्बर आएपछि मात्रै कारोबार गर्नुपर्नेमा नगद विभागमा बिना टोकनका केही व्यक्तिहरुको काम अगाडि नै गरिदिँदा अन्य सेवाग्राहीले विरोध गर्दा यि दुई कर्मचारी सेवाग्राहीमाथि नै जाइलागे । ‘एक त चोरी, त्यसमाथि सिना जोरी’ भन्ने उखान सरह यि दुई कर्मचारीले आफ्नो गल्ती ढाकछोप गर्न सेवाग्राहीलाई घर जाउ भने ।

सेवाग्राहीकै पैसामाथि मोजमस्ती गर्ने, अनि बैंकलाई आफ्नो पुर्खौली सम्पत्ति सम्झिने यस्ता छुद्र कर्मचारीको कारण सिंगै बैंक नै बद्नाम हुन पुगेको छ । यि दुई कर्मचारीको रवैयाबारे त्यहाँ उपस्थित दुई दर्जन भन्दा बढि सेवाग्राहीहरु नियाली रहेका थिए । बिना टोकनकै भर्खरै आउने वित्तिकै पैसा झिक्न भ्याएका व्यक्तिबारे नगद काउन्टरका इन्चार्ज समेत रहेकी कर्मचारी प्रिया गुप्तालाई भन्दा झन आफ्नो पावर देखाइन् । उनले भनिन् ‘अब बिना टोकनकै काम हुन्छ, म गरेर देखाउँछु’ गार्डलाई भनिन् ‘गार्डदाई बिना टोकनकै केही सेवाग्राहीहरुलाई पठाउनुस्’, नगद काउन्टरबाट धमाधम ५/६ जना सेवाग्राहीको भुक्तानी दिन लगाइन् ।

त्यहाँ उनले आफ्नो रवाफ र आफ्नो पावर देखाइन् । त्यस पश्चात नगद काउन्टरमा बसेका अर्का कर्मचारी सन्दिप कुशवाहा खुरुक्क उठेर विरोध गर्ने सेवाग्राहीलाई घर जानुस् भने । टोकन सिस्टम छ भने टोकन अनुसार काम गर्नुस् भन्दा यहाँ काम हुँदैन, घर जानुस् भनेर हप्काए । यस्तो रवैया छ, त्यहाँ कार्यरत कर्मचारीको । यो सबै नजारा त्यहाँका शाखा प्रमुख (ब्रान्च म्यानेजर) ले टुलुटुल हेरेर बसे । महिला कर्मचारीको अगाडि कसको के लाग्छ र ? सायद यही कारण होला, उपल्लो तहको कर्मचारी भएर पनि एक सुईको पनि बोलनन् ।

घटनाबारे महालक्ष्मी बिकास बैंक केन्द्रिय कार्यालय दरबारमार्गको सम्पर्क नं. ०१-५३६८१५३ मा जानकारी गराउँदा शाखा प्रमुखसँग घटनाबारे बुझ्ने बताए । सरकारले सम्पूणर् आर्थिक कारोबार बैंकसँग गर्न नियम लागु गरि रहँदा बैंकमा कार्यरत यस्ता कर्मचारीहरुको व्यवहारले गर्दा सेवाग्राहीहरु बैैंकसँग कारोबार गर्न झन्झट मान्न थालेका छन् । आफ्नै पैसा निकाल्न जाँदा वा जम्मा गर्न जाँदा कर्मचारीहरुको दादागिरी, दुव्र्यवहार जस्ता कारणले बैंकसँग कारोबार गर्न झन्झट मान्न थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once