Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगायो, त्रिशूली र नारायणीमा खोजिँदै

spot_img

नारायणगढ,२८ असार । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेका छन्।

गए राति साढे ३ बजे भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडक माथिबाट खसेको पहिरोसँगै बस त्रिशूली नदीमा खसेका हुन्।

बीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेका थिए।

एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको बताइएको छ। घटनास्थलमा तीनवटै सुरक्षा निकायका गरी ७५ जनाभन्दा बढी खटिएका छन्।
बस खोज्न गोताखोर टोली समेत परिचालन भएका छन्।

नदीमा बाढी आएका कारण खोजी कार्यमा समस्या भएको छ। त्रिशूलीसँगै नारायणीमा पनि खोजी कार्य सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once