Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने

spot_img

काठमाडौं,२८ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यस्तै आज नारायणी नदी देवघाटमा जलसतह सतर्कता तह माथि रहने र मर्स्याङ्दीमा जलसतह सतर्कता तह नजिक रहेकोले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सनुसरी, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once