Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

spot_img

जनकपुर,१७असार । धनुषामा जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् । उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार बस चालकको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once