Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
23.1 C
Kathmandu

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रममा ४२ जनाद्वारा रक्तदान

spot_img

वीरगंज (पर्सा), ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार रेडियो वीरगंज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । भारतीय महावाणिज्यदुतावास वीरगंज, नेपाल रेडक्रस सोसाइटी पर्सा, रेडियो वीरगंज ९९ मेगाहर्ज, वीरगंज साइकल क्लब तथा ग्रिनसिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ५ महिलासहित ४२ जनाले रक्तदान गरेकाे रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए ।

कार्यक्रममा हरिशंकर शर्मा, रन्जन यादव, दिपेन्द्र प्रजापती, जाेगिन्द्र शर्मा, दिनेश कुमार, चन्दन श्रीवास्तव, राम कुमार महताे, भेग कुमार कार्की, जयनाथ प्रसाद यादव, रन्जन कुमार साह तेली, जयनाथ प्रसाद यादव, सपना अग्रवाल, प्रेम पटेल, सन्दिप अग्रवाल, रन्जु देवी, पिन्की पाण्डे, राहुल सर्राफ, रेनु देवी चाैरसिया, कृष्णा कुमार लगायतले रक्तदान गरेकाे उनले वताए ।

पछिल्लो समय प्रचण्ड गर्मीसँगै वीरगंजका अस्पतालमा रगत अभाव हुँदा बिरामीको उपचारसमेत प्रभावित हुन थालेपछि रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमकाे आयाेजना टिभी वीरगंज एवम् मधेशदृष्टि दैनिकका अध्यक्ष समेत रहेका साहले वताए । गर्मीमा रक्तदान गर्नु हुँदैन भन्ने भ्रम रहेको भन्दै रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएकाे उनले बताए । रक्तदान कार्यक्रमले अस्पतालमा देखिएको रगतको अभावलाई कम गर्ने अध्यक्ष साहले विश्वास व्यक्त गरे ।

रक्तदान गर्नु व्यक्ति स्वयंम र अरुको लागि पनि जीवन रक्षाको विषय हुने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । नेपाल रेडक्रस सोसाइटीले घुम्ती सेवाको आयोजना गरी हरेक टोल–टोलमा रक्तदान अभियान थाल्ने हो भने रगतको अभावलाई पूर्ति गर्न सक्ने अध्यक्ष खेतानको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once