Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

बाराका सामुदायिक वनबाट सवा लाख क्युफिट ढलापडा काठ उत्पादन

spot_img

वीरगंज,२५ जेठ । बाराकाे वनक्षाेत्रबाट यसवर्ष करिब सवा लाख क्युफिट ढलापडा काठ उत्पादन भएको छ । जिल्लाको सामुदायिक, साझेदारी, राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रबाट उक्त परिमाणमा काठ उत्पादन भएको हो ।

जसमध्ये ७० हजार क्युफिट काठ ३ वटा साझेदारी वनबाट मात्रै उत्पादन भएको छ भने ३० हजार क्युफिट सामुदायिक वन र बाँकी मध्यवर्ती क्षेत्रबाट उत्पादन भएको छ ।

मधेस प्रदेशकै सबैभन्दा उत्कृष्ट सालको वन भएको गढीमाई साझेदारी वनबाट यस वर्ष ४५ हजार, हलखोरिया साझेदारीबाट २२ हजार, तामागढी साझेदारी वनबाट ६ हजार ६०३, सामुदायिक वनहरूबाट मात्रै करिब ३० हजार र मध्यवर्ती क्षेत्रका ४ वटा सामुदायिक वनबाट १० हजार क्युफिट काठ उत्पादन भएको हो ।

उत्पादन भएको सबै काठ ढलापढा भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । बारामा ४ वटा साझेदारी, ४१ वटा सामुदायिक, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज छ ।

जिल्लामा रहेका ४१ वटा सामुदायिक वनमध्ये निजगढ सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका पशुपति सामुदायिक वन, जनमुखी, राधाकृष्ण, जनज्योति, जनहित, आदर्श सदावहार, जनजागृती सुन्दर सामुदायिक र जीतपुर सिमरामा रहेको पथलैया सामुदायिक वनमा यस वर्ष कटान-छपान भएको थियो ।

गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल प्रसाद तेलीले घर बनाउँदै गरेका उपभोक्ताहरूको स्थलगत अनुगमनपछि ४५ क्युफिटसम्म काठ वितरण गर्ने जनाए ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले मधेस प्रदेशमा दिगो वन व्यवस्थापन सम्बन्धी गरिएको सम्भाव्यता अध्ययन कार्यान्वयन गर्नसके वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once