Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनियताको शपथ

spot_img

वीरगन्ज,२५ जेठ । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् । आजै प्रदेश प्रमुख भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । जनमत पार्टीको तर्फबाट उनी मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको थियो । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ ।

गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once