Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
23.1 C
Kathmandu

हावाहुरीले चन्द्रपुरमा विद्युत अवरुद्ध

spot_img

रौतहट,१८ जेठ । रौतहटकाे चन्द्रपुर नगरपालिकामा बिहीबार साँझ आएको हावाहुरीले दर्जनौं बिजुलीको पोलहरु ढलेका छन्। हावाहुरीसँगै परेको पानीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नपा आसपासमा विद्युत अवरुद्ध भएको छ।

हावाहुरीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नगरपालिका क्षेत्र लगायत छिमेकी पालिकाको टोलहरुमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादबले बताए। शुक्रबार साँझसम्ममा चन्द्रपुरमा विद्युत सेवा सुचारु गर्न काम भैरहेको प्रमुख यादवले बताए।

विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख यादबले चन्द्रपुरको मुख्य बजार क्षेत्रमा मात्रै ३० वटा पोल ढलेक‍ो बताएका छन्। उनले क्षतिको विवरण संकलन र मर्मतको काम भैरहेको जानकारी दिएका छन्। विद्युत सेवा बन्द हुँदा ठूला तथा मझौला उद्योगहरु, घरेलु उद्योग, एफएम स्टेशन बन्द भएका छन्।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सुचना निकालेर खानेपानी अवरुद्ध भएको जनाएको छ। हावाहुरीले विद्युत अवरुद्ध हुन गइ खानेपानी उपभोक्ताहरुमा परेको असर प्रति खानेपानी कार्यालयले क्षमा मागेको कार्यालय प्रमुख लोकेन्द्र खड्काले जनाएका छन्।

हावाहुरीले मकै, फलफुल, तरकारी लगाएतको बालीनालीमा करौडौंको क्षति गरेको चन्द्रपुर नपाको कृषि शाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once