संघीय सरकारले बजेटमा वीरगंजसँग पुनः विभेद गर्यो : मेयर सिंह

spot_img

वीरगंज (पर्सा), १५ जेठ । अगामी आर्थिक बर्ष २०८१/०८२ बजेटमा वीरगंजसंग विभेद भएको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् । बजेट भाषणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मेयर सिंहले संघिय सरकारले ल्याएको अगामी बर्षको बजेटमा वीरगंजसंग विभेद गरिएको आरोप लगाएका हुन् । उनले बजेट भाषणमा वीरगंजको नारायणी अस्पतालाई ५ सय सैयाको बनाइने वाहेक केही नसुनिएको वताए ।

उनले बन्द रहेको कारखाना संचालनको विषयमा वीरगंजको चिनि कारखाना, कृषि औजार कारखानाको बारैमा कतै नसुनिएको वताए । मेयर सिंहले त्यती मात्र होइन जिणर् बनेको वीरगंजको नारायणी रंगशाला निर्माणको लागि पनि सरकारले बजेट नछुट्याएको वताउँदै दुख ब्यक्त गर्दै विगतको बर्ष झै अगामी बर्षको बजेटमा पनि वीरगंजसंग विभेद गरिएको वताए ।

वीरगंज कै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अगामी बर्षको बजेटमा नारायणी अस्पतालको लागि एक अर्बको बजेट आउने वताएपनि सरकारले बजेट नछुट्याएको प्रश्नको जवाफमा मेयर सिंहले त्यो मन्त्री जीको व्यक्तिगत बिषय भएकोले उहाँले मन्त्रालयको बजेटबाट छुट्याउने भने विश्वा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once