Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

उपनिर्वाचनको मतपत्र आज जिल्ला पठाइने

spot_img

काठमाडौं,०५ वैशाख । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज जिल्लामा मतपत्र पठाइने भएको छ ।
मतपत्र छपाइको काम सकिएकाले आज जिल्ला पठाइने निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र आयोगको वेबसाइटमा राखिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।

इलाम–२ मा १९ उम्मेदवार र एक लाख १५ हजार ८९ मतदाता रहेका छन् । यस्तै बझाङ–१ (क) मा ११ उम्मेदवार रहेका छन् भने ६१ हजार ७४ मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once