Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

आईपीएलको सट्टाबाजी खेलाउने तीन जना पक्राउ

spot_img

जनकपुर,०३बैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विभिन्न खेलमा सट्टाबाजी खेलाउने गिरोहका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् । बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह ,१९ वर्षीय रामजी साह र वडा नम्बर १० का ३० वर्षीय राकेश चौधरी पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वानएक्स बेटमा लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । प्रहरीले उनीहरुको बैंक खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन भएको जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुको बैक खाताबाट हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरुको साथबाट कारोबारमा संलग्न रहेका १६ थान चेक बुक बरामद गरेको छ ।

साथै, ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, ११ थान डिपोजिट भौचरपनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंक गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once