Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

बीरगन्जमा पहिलो पटक निकालिन लागेको गहवामाई डोली यात्राको सम्पूर्ण तयारी पूरा

spot_img

बीरगन्ज,०३ वैशाख । बीरगन्जमा भोलि मगलबार निकालिने गहवामाईको निशानसहितको डोली यात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

चैती नवरात्रको अष्टमी तिथिका दिन मंगलाबर हुन गइरहेको गहवामाईको निशान सहितको डोली यात्रा अपरान्ह ४ बजेदेपिख मन्दिर पसिरबाट सुरु भई नगर परिक्रमा गर्ने माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहले बताए । त्यसअघि मन्दिर परिसरमै गहवामाईको निशानसहितको डोलीको पूजापाठपनि गरिने अध्यक्ष साहले बताए ।

मन्दिर परिसरबाट निस्किने डोली यात्रा माईस्थानको २ नम्बर रोडहुँदै रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै साँझ ६ बजे गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन हुने अध्यक्ष साहले बताए ।

उनका अनुसार,गहवामाईको निशान लिन इच्छुक भक्तजनले ५०५ रुपैयाँ तिरेर निशान लिन सक्नेछन् । उक्त निशानमा झण्डा, लगाउने पट्टा र प्रसादसमेत रहेको छ।

पहिलो पटक निकासलन लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले बताए । उनका अनुसार, डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद सर्राफले सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once