Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा १ करोड ६६ लाख बढी राजस्व सङ्कलन

spot_img

बीरगन्ज,०३ वैशाख । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ । राजस्व छलिको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका एक सय ७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी रु ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट रु २९ लाख ५६ हजार पाँच सय ६०, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट रु १८ लाख ७९ हजार आठ सय ४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुई-दुईवटा सवारी साधनबाट रु ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले बताए ।

सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट रु ३७ लाख ८० हजार, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट रु १५ लाख सात हजार छ सय ७२, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट रु दुई लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारीसाधनबाट रु ५० हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once