काठमाडौँ,०६ असोज । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखामा पुगेर मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।
मंगलबार महाशाखा पुग्नुभएका मन्त्रीद्वयले असोज ८, ९ र १० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमानका विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको हो । मन्त्रीद्वयले आगामी दिनमा देखिन सक्ने मौसमको अवस्था, भारी वर्षाको सम्भावना तथा त्यसबाट पर्न सक्ने सम्भावित प्रभावबारे अधिकारीसँग विस्तृत जानकारी लिनुभएको थियो ।
भेटका क्रममा मौसमको पछिल्लो अवस्था, वर्षाको पूर्वानुमान र सम्भावित जोखिमका विषयमा समेत छलफल भएको थियो । विशेषगरी असोज ८ देखि १० गतेसम्म भारी वर्षाको सम्भावना रहेको भनिएको अवस्थामा त्यसबाट उत्पन्न हुनसक्ने जोखिम र अवस्थाबारे मन्त्रीद्वयले सम्बन्धित अधिकारीसँग अपडेट लिनुभएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरूले आगामी दिनको मौसमसम्बन्धी अवस्था तथा वर्षाको सम्भावनाबारे मन्त्रीद्वयलाई जानकारी गराएका थिए । भारी वर्षाको सम्भावित अवस्था र त्यसबाट पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै पछिल्लो मौसम अवस्थाबारे नियमित जानकारी लिने क्रममा मन्त्रीद्वय महाशाखा पुग्नुभएको हो ।




