Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
16.1 C
Kathmandu

सांसद यादवद्धारा मन्त्री तथा प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिनको माग

spot_img

काठमाडौं,२८चैत । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले २०४७ साल पछि बनेका मन्त्री र प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको पक्षमा आफनो पार्टी रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले २०४७ साल यता अहिलेसम्म मन्त्री र प्रधानमन्त्रीहरुको सम्पति छानबिन हुनुपर्ने पक्षमा जसपा रहेको बताए।

उनले गणतन्त्र आएपछि जनताले के पाए भनेर प्रश्नपनि गरे ।उनले गणतन्त्र आएको १७ वर्ष हुन लाग्दासमेत जनतामा निराशामात्रै छाएको उल्लेख गरे ।“जुन जनताले ढाल बनेर, लडेर ज्यानको आहुति दिएर गणतन्त्र ल्याए तीे जनता निराश छन् । जनताले निःशुल्क शिक्षा, स्वास्थ्य पाएनन् तर नेताहरुको मोजमस्ती बढेको छ,” उनले भने, “बहुदल आयो खाली खुट्टा आएका नेताहरुको घर चारवटा र पजेरो कहाँबाट आयो ? छानबिन गरौँ ।”

पूर्वमन्त्री समेतरहेका यादवले नेताको मात्र हैन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गरिनुपर्ने धारणा राखे । उनले सहकारीमा अर्बौं रकम आम नागरिकको डुबेको बताए । “मकै बेच्ने, पसल खोल्ने, पानको पसल, हजाम ठाकुरको पैसा डुबेको छ । यो पैसा कसरी निस्कने हो यसमा पनि ध्यान जान जरुरी छ,” उनले भने, “वीरगन्जको सानो पाइला सहकारीले अर्बौं रुपैयाँ ठगेर फरार छ । देशभरका सहकारीको छानबिन गरौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once