Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

वीरगंजबाट हुण्डी कारोबारमा सलंग्न चारजना पक्राउ

spot_img

वीरगंज (पर्सा), ३ चैत । प्रहरीले वीरगंजबाट शुक्रबार हुण्डी कारोबारमा सलंग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं. १० निवासी ३२ बर्षिय कुनाल कुमार जैसवाल, वीरगंज महानगरपालिका कै वडा नं. २२ निवासी ३९ बर्षिय बिरेन्द्र साह तेली, २० बर्षिय रेखा कुमारी साह र जगरनाथपुर गाउँपालिकाको वडा नं. ६ निवासी २५ बर्षिय मितु कुमार कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं.१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट चार लाख तीन हजार नगद सहित चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकहरूको चेकबुक १३ थान, विभिन्न मितिमा काटिएको चेक ६६ थान, मिति २०८०।१२।०१ गतेको नविल बैंकमा रु ४ लाख ५९ हजार ५ सय डिपोजिट गरिएको स्लिप १ थान, एनआइसि एशिया बैंकमा ८ लाख ३ हजार डिपोजिट गरिएको स्लिप १ थान, राष्ट्रिय बाणिज्य बैंकमा १८ लाख ५० हजार भरेको डिपोजिट स्लिप ३ थान फेला परेको प्रवक्ता थापाले वताए ।

यसका साथै उनीहरुको साथबाट एनरोइड स्मार्ट फोन ७ थान र नगद रु. १ हजार दरका नोट २२४ थान, रू ५ सय दरका नोट ३३८ थान र रु १ सय दरका नोट १०० थान गरी जम्मा रु ४ लाख ३ हजार समेत फेला परेको थापाले वताए । निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।Paterwasugauli gaupalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once