Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
19.1 C
Kathmandu

नारायणी नदीमा एक जोडी डल्फिन देखिए

spot_img

चितवन,०३ चैत । नारायणी नदीमा एक जोडी डल्फिन देखिएको छ । नारायणी नदीमा पहिला देखिने गरेको डल्फिन पछिल्ला वर्षहरुमा आक्कल झुक्कल निस्कने गर्दथ्यो । चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके शनिबार बिहान नदी किनारमा डुल्दै गर्दा अचानक डल्फिन देखे । दुईवटा डल्फिन देखेका उनले एउटा डल्फिन भिडियोमा पनि कैद गरेका छन् ।

‘डल्फिन यता तिर मैले कहिल्यै देखेको थिइनँ । बिहान सात बजे आसपासमा मर्निङ वाक गर्दै त्यहाँ पुगेको थिएँ । अचानक दुईवटा डल्फिन देखिए । मोबाइलमा कैद भएको छ,’ चुकेले भने । उनले बनाएको २५ सेकेन्ड जतिको भिडियोमा चार सेकेन्ड तिर एउटा डल्फिन उफ्रँदै पानी माथि निस्केको पनि देखिन्छ ।

‘यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ । नदीमा माछा मार्न र मोटरबोटको कोहलाहल रोक्न पहल गर्न आवश्यक छ,’ चुकेले भने ।

चितवन निकुञ्जको स्थापनाकाल (विस२०३०)देखि नै कार्यरत रहेर निकुञ्जका अवकास प्राप्त पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव नारायणगढ क्षेत्रमा नै डल्फिन देखिएको हो भने यो निकै ठूलो कुरा भएको बताउँछन् । उनले घडियाल गोही संरक्षणका लागि नारायणीमा धेरै समय बिताए ।

त्यही क्रममा नारायणी र राप्ती नदीमा डुलिरहन्थे । उनले नारायणी नदीको पश्चिम क्षेत्र नवलपरासीको अमलटारीमा सात आठवटा डल्फिन देखेका थिए । त्योभन्दा तल भेलौंजी, बगवनमा पनि राम्रै थिए डल्फिन । तर ४० को दशकपछि डल्फिन हराउँदै गयो भन्छन् यादव । ‘यता माथिल्लो क्षेत्र नारायणगढमा पनि कुनै बेला डल्फिन देखिन्थ्यो भन्ने कुरा सुनेको हो । देखेको हैन । अहिले देखिए त बडो गज्जबको कुरा भयो,’ उनले भने ।

पछिल्ला वर्षहरुमा नारायणी नदीमा नै डल्फिन देखिन एकदम कम भएको थियो । तर ७० सालपछि फेरि लगातार जसो देखिएको छ । तर बढीमा दुईवटाभन्दा अरु डल्फिन देखिएको छैन । डल्फिन पानीमा बस्ने तर अण्डा हैन बच्चा नै जन्माउने जीव हो । त्यसैले यो मानवसँग निकै निकट छ भन्छन यादव ।Bidwasani gaupalika

नारायणगढ गौरेश्वर मन्दिरभन्दा तल गोडाकोट क्षेत्रबाट आएको सानो भंगोलो मिसिने मझुवा वन छेउमा उत्तमलाल चुकेले डल्फिनको भिडियो खिचेका हुन् । ‘नारायणगढमै देखिएछ, सायद तलबाट माथि चढ्दै त्यहाँसम्म गएको होला । यो अझै माथि देवघाटसम्म पनि पुग्न सक्छ । त्योभन्दा माथि पनि जाला । कसैले यसलाई हानी पुर्‍याउन सक्लान । त्यसो नगर्न सबैलाई सजग बनाउँ,’ यादवले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once