Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

७५ लाखभन्दा बढीका भन्सार छलीका सामानसहित २ वटा सवारी नियन्त्रणमा

spot_img

बारा,३० फागुन । बारा प्रहरीले ७५ लाखभन्दा बढीका भन्सार छलीका सामानसहित सवारी पक्राउ गरेको छ । ७५ लाख ७० हजार १५७ मूल्यका भन्सार छलीका सामानसहित सवारी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चलाएको जाँच अभियानमा क्रममा फरक–फरक स्थानहरुबाट उक्त मूल्यका सामानहरु लोड रहेको सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ बाट ना ५ ख ७९४७ नम्बरको मिनी ट्रक बरामद गरेको उनले बताए । बीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ट्रकमा लोड रहेका

३६ लाख ८७ हजार १७ रुपैँयाका कस्मेटिक सामान, कपडा, औषधी र अन्य किराना सामानको बिल शंका लागेर नियन्त्रणमा लिएको उनको भनाइ छ ।

यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले बीरगन्जबाट रुपन्देहीका लागि छुटेको ना ३ ख ६९५९ नम्बरको ट्रक पक्राउ गरेको जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयामा जाँच गर्दा ३८ लाख ८३ हजार १४० मूल्यका कपडा, औषधी, चकलेट र अन्य किराना सामानहरुको बिलको स्रोत नखुलेकोको पक्राउ गरेको प्रहरी बताए ।

नियन्त्रणमा लिइएको सामानसहित ट्रक तथा मिनी ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुन्धिान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once