Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

पटेर्वा सुगौली १ मा सम्पन्न रक्तदान कार्यक्रममा १८ पोका रगत संकलन

spot_img

पर्सा,२७ फागुन । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गदियानी मदर्सा प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४ महिला सहित १८ जनाले रक्तदान गरेका छन् ।

रगतको अभाव भएसँगै सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीले रगतदान कार्यक्रम आयोजना गरेको संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले बताइन् ।

रक्तदान कार्यक्रम पटेर्वा सुगौली गाउँपालिका सहयोग र वडा नं. १ को कार्यालयको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रम पटेर्वा सुगौली गाउँपाकिला वडा नं. १ का वडा अध्यक्ष फरमान मिया अंसारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा रक्त संचार केन्द्र पर्साले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा रक्त संचार केन्द्र पर्साका जितेन्द्र कुसवाहा,श्याम साह,नवीन चौरसिया,अनिल साह लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा श्रीकान्त चौधरी,रमेश राउत बरैई,रामेश्वर चौधरी,विक्रम दास,अफताव आलम गदी,सन्जित साह कानु,राम कुमार चौधरी,अनिल राउत थारु,सन्तोषी कुमारी राम ,नन्दकिशोर चौधरी लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी,प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, स्थानीय मुना तिवारी,वडा सदस्य हैदर अलि अन्सारी,नारायण साह लगायतकाले सफलताको शुभकामना ब्याक्तका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once