Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

प्रेमको जालमा फँसाएर नेपाली बालिकालाई भारतको केरला लग्न खोज्ने इस्राफिल पक्राउ

spot_img

वीरगंज,२६ फागुन । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् । अन्सारीलाई भारतको उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुको साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले बताए ।

बालिकाले सोधपुछको क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेको ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणको बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए । उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए । युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नो छोरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।

काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् । Bidwasani gaupalikaसोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएको छ । साभार: वीरगंज टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once