Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु

spot_img

वीरगंज,२६ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।

ठाकुरराम बहुमुखी क्याम्पसकाे महिला छात्राबासकाे खेलमैदानमा घडिअर्वा स्पाेर्टस क्लबकाे सहयाेगमा वडा नम्बर १० काे वडा कार्यालयले आयाेजना गरेकाे प्रतियाेगिताकाे उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले उद्घाटन गरेका हुन्।

प्रतियोगिताको उद्घाटन गर्दै अहिलेको सरकारले खेलाडीहरुलाई केही पनि नदिएको गुनासो गरे ।उनले खेलकुद क्षेत्रमा सरकारकाे लगानी बढाउनुपर्नेमा जाेड दिए। वडाध्यक्ष सुशील साह कानुले खेलकुदले युवाहरुकाे भविष्य बिग्रने नदिने र अनुशासितपनि बनाउने बताए ।कानुले वडामा खेलकुद गतिविधी बढाउन र बढी भन्दा बढी युवालाई खेलकुदमा सक्रिय गराउन क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताए ।

प्रतियोगिताको उदघाटन समाराेहमा प्रदर्शन गरिएको मार्च पासमा माउण्ट मकालु मावि प्रथम, रामचरण साह पन्नालाल मावि द्वितीय र लिटिल एन्जल्स मावि तृतीय भएका थिए ।मार्च पासमा सात वटा विद्यालयले भाग लिएका थिए।

शनिबारदेखि सुरु प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।प्रतियोगिताकाे फाइनल खेल चैत ३ गते हुनेछ ।

वडाध्यक्ष कानुकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा शिवपार्बती अतिथि सदनका अध्यक्ष प्रमानन्द साह कानु, ठाकुरराम क्याम्पसका प्रमुख रंजित यादव,उद्योगपति शीवजी साह कलवार,वडा सदस्यहरु सन्तोष जैशी, प्रभु महताे,प्रेमशीला देवी,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साहकानु,घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सनतोष कानु , सचिव सन्ताेष गुप्ता,शिक्षक विनाेद गिरी ,प्लाब्सन का सचिव राहुल श्रीवास्यतव लगायतकोपनि उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once