Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

नारी दिवसमा चार महिला सम्मानित, महिलाहरुको कामको मूल्याँकन हुन सकेन : पूर्वमेयर सरावगी

spot_img

वीरगंज (पर्सा), २५ फागुन । रोट्रेक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले शुक्रबार ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ४ जना महिलाहरुलाई सम्मान गरेको छ । क्लबले आयोजना गरेको उज्यालोका किरण नामक कार्यक्रममा नारायणी अस्पताल वीरगंजकी प्रसूति वार्डकी नर्सिङ इन्चार्ज हेमा थापा, सिद्धार्थ इन्टरनेशनल क्लेज वीरगंजकी निर्देशक एवम् क्याम्पस प्रमुख डा. सुस्मा तिवारी द्विवेदी, उमेन्स स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास र चिल्ड्रेन वर्लड स्कुलकी संचालक रेनुका गिरीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिका पूर्व मेयर विजय कुमार सरावगीले चारै जनालाई सम्मान पत्रले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मेयर सरावगीले महिलाहरुले अहिले पनि सम्पुणर् अधिकार नपाएको वताए । उनले संविधानले दिएको अधिकार पनि महिलाहरुले नपाएको वताए । पूर्व मेयर सरावगीले महिला कमाउन थाले मात्र सशक्त हुने वताए । पूर्व मेयर सरावगीले महिलाहरुले धेरै काम गरेपनि त्यसको मूल्यांकन नभएको वताए । महिलाहरुले घरमा धेरै काम गर्ने गरेको उनको भनाई थियो । महिलाहरुले फुर्सदको समयको सदुपयोग परि पैसा कमाउनु पर्ने धारणा राखे ।

उनले भने “अहिलेको अनलाइन युगमा घरबाट पैसा कमाउन सकिन्छ । त्यही भएर घरको काम बाहेक महिलाहरु घर मै बसेर अनलाइन ब्यापार गरेर पैसा कमाउन सक्छन् ।” क्लबकी अध्यक्ष रेसु अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई, रोट्रेक्ट डिस्ट्रिक ३२९२ का इन्टरनेशनल सर्भिस डाइरेक्टर सन्दिप ओझा, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिती रहेको थियो । वीरगंजस्थित म्याजिक बेलमा भएको कार्यक्रमको संचालन विना प्रजापतीले कार्यक्रम संचालन गरेकी थिइन ।

शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रमा महिला भएर पनि राम्रो काम गरेका र आफ्नै क्षेत्रमा उलेखनिय काम गरेकोलाई सम्मान गरिएको क्लबका उपाध्यक्ष दिपु बणर्वालले वताए । साभार:वीरगंज टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once