Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

बारामा नक्कली नोटसहित एक जना पक्राउ

spot_img

बारा,२४ फागुन । बारामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर ९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन्।

उनलाई प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टाेलीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सहनीलाई नक्कली नोटसहित पक्राउ गरेको हाे ।

पक्राउ परेका सहनीका साथबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए ।

पक्राउ परेका सहनीविरुद्ध खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक न्याैपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once