Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
20.1 C
Kathmandu

रौतहटबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित दुई जना पक्राउ

spot_img

रौतहट,२२फागुन । प्रहरीले रौतहटबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा सोमबार राति प्रहरीले प्र.३ ०१–०२३ च ५३८५ नम्बरको कार चेकजाँच गर्दा त्यसमा सवार मोक्तान र थिङको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once