Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

लागूऔषधसहित दुई युवक पक्राउ

spot_img

वीरगंज ,२२ फागुन । प्रहरीले बीरगन्जबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३२ बर्षिय गणेश घिमिरे र मकवानपुरकै बकैया गाँउपालिका वडा नम्बर ५ का २५ बर्षिय विकास भ्लोन रहेका छन् ।

बीरगन्जको इनर्वा नाकास्थित शंकराचार्य गेट नजिकै प्रहरीले चेकजाँच गर्ने क्रममा घिमिरेको साथबाट नेपालमा प्रतिबन्धित नुरफिन २० एम्पुल, फेनरागन २० एम्पुल र डाइजेपाम २० एम्पुल तथा भ्लोनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धि मुद्धामा थप अनुसन्धान भइरहेको थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once