Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

विद्युत प्राधिकरणले विना समन्वय गरी जथाभाबी पोल गाड्दा नारायणी सिँचाइ प्रभावित

spot_img
  • अमोद शर्मा

वीरगंज,२१ फागुन । नरायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्सा बीरगंजको कार्यक्षेत्र पर्सा, बारा र रौतहट जिल्लाहरुमा रहेको नारायणी सिंचाइ प्रणालीको कुल ३७४०० हेक्टर क्षेत्रमा सिंचाइ सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ ।।

हाम्रो जस्तो कृषि प्रधान देशमा कूल जनसंख्याको ८५ प्रतिशत जनसंख्या कृषि पेशामा आवद्ध छन् । कृषि पेशा नै देश विकाशको मूल आधार हो । यस नारायणी सिंचाइ प्रणालीले यस आ.व. को धान तथा गहुँ बालीको लागि सफलतापूर्वक पानी संचालन कार्य गरेकोले कार्यालय परिवारलाई धन्यवाद ज्ञापन गदछौँ ।

हाल यस प्रणाली अन्तर्गतका विभिन्न नहर प्रणालीहरुमा विभिन्न निकायहरु द्वारा अतिक्रमण भइरहेको छ । जसको कारण नहर प्रणालीहरुको अस्तीत्व नै संकटपूर्ण अपस्थामा पुग्न लागेको सम्वन्धित निकायले बताउँदै आएका छन् ।

हाल पर्सा र बारा जिल्लामा पर्ने नेपाल पूर्व नहर (एन ई सी)मा विधुत प्रधिकरणले विना कुनै जानकारी, पत्राचार र समन्वय आफुखुशी नहरमा हुने पानी संचालन कार्यलाई नै प्रभावित हुने गरि ईलेक्ट्रोनिक पोल गाड्ने कार्य गरीरहेको छ,। जुन विकाशको नाममा दुविधा उत्पन्न भएको देखिन्छ । विकासको कार्य संचालन हुदाँ सम्बन्धित सबै सरोकारवाला निकायबीच एकिकृत विकासको अवधारणा अनुरुप समन्वय गरी अगाडि बढ्नुु आजको आवश्कता भए पनि व्यवहारमा देखिदैन ।

तसर्थ एउटा निकायले गरेको विकासका गतिविधिले अर्को निकायको विकासका गतिविधिलाई प्रभावित हुने गरीे गतिविधि अगाडि बढाउनु भनेको योजना विनाको विकास हो भन्ने लाग्दछ ।
जुन हाम्रो जस्तो विकाशोन्मुख देशका लागि राष्ट्रिय हित विपरित कार्यको श्रेणीमा परेको महशुस गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once