Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

बारामा सामानसहित ट्रक नियन्त्रणमा

spot_img

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा
बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरील टोलीले जीतपुरसिमरा उपमहानगरपालिका बडा नं. १ स्थित पथलैया चोकमा गाडीहरुलाई रोकी चेक जाँच गर्दा विल भरपाईं भन्दा बढि स्रोत खुल्न नसकेको अं. मूल्य रु. ८४,७६,०१० सामान सहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

बीरगन्जबाट कैलालीतर्फ जाँदै गरेको ना. ६ ख १०५७ नं. को ट्रकमा लोड रहेको खुद्रा सामान विल भरपाईं भन्दा बढि स्रोत खुलाउन नसकेको अं. मूल्य ८४ लाख ९८ हजार ९ सय ५० रुपैया बराबरको र बीरगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख् २५३९ नं. को यात्रु बाहक बसमा लोड ३ बोरा बेलुन, २ बोरा स्टिकर गरी जम्मा अ.ं मूल्य रु २२,९४० को विल भरपाई नभएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको सामानव सहिट ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once