Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

मिटरब्याज पीडितले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म ‘न्याय मार्च’ गर्दै

spot_img

जनकपुर,१५ माघ । मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाडौंसम्म पैदलमार्च गर्न लागेका छन्।

उनीहरूले माघ १६ मा झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्न लागेका हुन्। यसबारे सोमबार झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी पैदलमार्च गर्न लागेको बताएका छन्।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले फेरि पैदलमार्च गर्नुपर्ने बाध्यता आएको बताए। “हाम्रा कुरा राज्यले सुनेन, आयोगले काम गरेन,” अध्यक्ष कुशवाहाले भने, “त्यसैले राज्यलाई देखाउन, सुनाउन फेरि हिँडेर शान्तिवाटिका पुग्छौं।”

झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट मिटरब्याज पीडितले एकसाथ पैदलमार्चा शुरू गर्दै छन्। दुवैतर्फको टोली चितवनबाट संयुक्त रुपमा काठमाडौं छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताए। झापा र कञ्चनपुरबाट हिडेका मिटरब्याज पीडित १५ दिनपछि काठमाडौं पुग्नेछन्।

यसअघि पनि मिटरब्याज पीडित पैदल काठमाडौं पुगेका थिए। उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो। आयोगले छानबिन पनि गरिसकेको छ।

त्यसपछि न्यायका लागि सरकारले पहल नगरेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once