रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

spot_img

काठमाडौँ,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्।

सभापति लामिछानेले बुधबार रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बैठकका लागि बोलाएका हुन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे बोलाइएको हो। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल हुने भएको छ।

पछिल्लो समय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा राजनीतिक तहबाट समेत समन्वय र प्रभावकारी पहल आवश्यक देखिँदै आएको अवस्थामा लामिछानेले सर्वदलीय छलफल बोलाएका हुन्।

बैठकमा विभिन्न दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उपाय तथा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ। रास्वपाका सभापति लामिछानेले सबै राजनीतिक दलबीच छलफल र सहकार्यका माध्यमबाट विपद् व्यवस्थापनलगायत विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once