Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न प्रधानमन्त्रीसंग मेयर सिंहको माग

spot_img

बीरगन्ज,१५ माघ । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विकास निर्माणका काम समयमै नसक्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

साेमबार बीरगन्जमा आयाेजित प्रेस संगठन नेपालकाे २० ओैं स्थापना दिवस तथा राष्ट्रिय परिषद बैठककाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै मेयर सिंहले कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग यस्ताे आग्रह गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै मेयर सिंहले भने,` ठेक्का सम्झाैता गरेर समयमा विकास निर्माणका काम नगर्ने ठेकेदारकाे प्रवृत्ति स्थानीय तहका लागि ठूलाे चुनाैती भएकाे छ।त्यसकारण कानून संशाेधन गरेर भएपनि समयमा काम नसक्ने ठेकेदारलाई कानूनी कारबाहीको दायरामा सरकारले ल्याउनु पर्छ।´

फरक प्रसंगमा मेयर सिंहले पत्रकारीतामा सुधारकाे आवश्यकता रहेकाेपनि बताए। पित पत्रकारिता बढेकाेमा चिन्ता व्यक्त गर्दै उनले भने,पत्रकार आफैं अदालत,आफैं न्यायाधीश ,आफैं अख्तियार बनेर समाचार लेख्ने गरेका छन्।याे गम्भीर चिन्ताकाे विषय हाे।यसमा पत्रकारले ध्यान दिनुपर्ने आवश्यक छ।

स्थानीय तहमा पाँच वर्ष काम गर्नका लागि जनप्रतिनिधिहरु निर्वाचित भएकाे भएपनि दुई वर्षपनि नबित्दै जनप्रतिनिधि बारे वितृष्णा फैलाउने काम भइरहेकाे गुनासाे उनले गरे।

बीरगन्जका श्रमजीवी पत्रकारहरुका लागि बीरगन्ज महानगरपालिकाले थुप्रै काम गरिरहेकाे उनले जानकारी गराए। बीरगन्ज महानगरपालिकाले आमसञ्चार प्राधिकरण गठन गर्नुका साथै लाेक कल्याणकारी विज्ञापन वितरण , ज्येष्ठ पत्रकारका लागि पेन्शनकाे व्यवस्था , पत्रकारका लागि आपतकालीन् काेष स्थापना लगायतका काम गरेकाे उनले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once