Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

त्रिभुवन विमानस्थल भन्सारमा थपियो एक्स-रे मेसिन, जाँचपास चाँडै हुने

spot_img

काठमाडौँ,२९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। विमानस्थलको भन्सारमा एक्सरे मेसिन जडान भएसँगै अब जाँचपास १० मिनेटमा हुने भएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा अबदेखि थप चार वटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको बताए।

‘पहिले दुई वटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चार वटा एक्सरे मेसिन थपिएको छ। भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको,’ उनले भने,’ र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ।’

उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको छ। यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ। विगतमा जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once