Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

पूर्वसांसद अफताबको मुद्दामा आज पेशी, अन्तिम फैसला आउने सम्भावना

spot_img

वीरगंज,२९ पुस । इँटाभट्टीमा हालेर मान्छेलाई जिउँदै जलाएर मारेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको मुद्दामा आइतबार पेशी तोकिएको छ।

जिल्ला अदालत रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आइतबार पेशी हुने अदालतका श्रेस्तेदार उद्घव ढोडारीले जानकारी दिए।

उनका अनुसार दुबैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आइतबार चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ।

यसअघि उक्त मुद्दामा बहस नोट समयमा पेश नभएकोले पेशी चढ्नमा ढिलाइ हुँदै आएको थियो।

जिल्ला अदालत राैतहटमा आलमविरुद्ध विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ।

२०६४ सालमा भएकाे पहिलो संविधानसभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर २०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए। साभार:देशसञ्चारबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once