Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सिप बिल्डिङका परीक्षार्थीलाई पनि सहभागी गराउन खुल्यो आवेदन

spot_img

काठमाडाैं,१४ पुस । जहाज निर्माण (सिप बिल्डिङ) का लागि भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरिएको छ।

शुक्रबार उच्च अदालतले उत्पादनमूलक क्षेत्रमा जान सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि इपिएस कोरिया शाखाले उनीहरुका लागि आवेदन खुला गरेको हो।

इपिएस कोरिया शाखाले शुक्रबार राति सूचना प्रकाशन गरेर सिप बिल्डिङका परीक्षार्थीहरूलाई उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन आवेदन दिन भनेको हो।

सूचना अनुसार उनीहरूले पुस १६ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्। गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउनेछन्। अन्यको आवेदन रद्द हुने इपिएस शाखाले जनाएको छ।
एउटै परीक्षार्थी एकै आर्थिक वर्षमा सञ्चालित एकभन्दा बढी परीक्षार्थीमा सहभागी हुन नपाउने भनेपछि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सिप बिल्डिङतर्फको परीक्षार्थीलाई सहभागी नगराउने भनिएको थियो।

त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए। पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो।

१८ जनामात्रै परीक्षामा सहभागी हुन पाउने भएपछि परीक्षा दिन नपाउनेहरू शुक्रबार आन्दोलित भएका थिए। आन्दोलनमा दुई जनाको मृत्यु समेत भएको थियो।

१८ जनालाई मात्र जान दिने आदेशविरूद्ध पुस १२ गते नै उच्चमा अर्को रिट परेको थियो।

शुक्रबार रिटको सुनुवाइ गर्दै उच्चले सिप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो।

उच्चको आदेशपछि इपिएस कोरिया शाखाले बाँकीलाई पनि परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once