Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
16.1 C
Kathmandu

घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ

spot_img

काठमाडौ,११ पुस । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका- ९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो ।

सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई साे रकम घुस दिएको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । साभारः खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once