Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
25.1 C
Kathmandu

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै

spot_img

काठमाडौं , ०९ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो ।
त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।६ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम २.९४ प्रतिशत र न्यूनतमा २.२५ प्रतिशत प्रस्ताव गर्दा औसत २.७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once