Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

spot_img

काठमाडौँ,०९ पुस । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बससँग विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किएको हो । बस चालक मन्थली नगरपालिका घर भएका २४ वर्षीय रुपेश अधिकारीलाई पक्राउ गरिएको डिएसपी दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once