Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

अन्नको भण्डार मधेशमा घट्यो धान उत्पादन, गतवर्षको तुल्नामा ९२ हजार मेट्रिकटन कम

spot_img

जनकपुर, ७ पुस । अन्नको भण्डार मानिने मधेश प्रदेशमै धानको उत्पादन घटेको छ । यो वर्ष प्रदेशमा १२ लाख ९६ हजार ९०७ मेट्रिकटन मात्रै धान उत्पादन भएको मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो परिमाण गत वर्षको तुलनामा ९२ हजार मेट्रिकटनले कम हो ।
गत वर्ष १३ लाख ८८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्र सरकारले ढिला मनसुन भित्रिएका कारण मधेशमा धानको उत्पादनमा ठूलो ह्रास आउने र समग्र मुलुकको खाद्य सम्प्रभुतामै असर पर्ने आशंकाका गरिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । देशभरको कुल धान उत्पादनको तथ्यांक भने आइसकेको छैन ।

प्रदेशका ८ वटा जिल्लाबाट प्राप्त विवरणअनुसार प्रदेशभर ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले बताए ।
यस वर्ष ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको छ,’ सचिव पाण्डेले भने ‘यो भनेको गत वर्ष भन्दा कम उत्पादन घटेको हो ।’
यस वर्ष खडेरीले बीउ सुकेका कारण प्रदेशका केही जिल्लाहरुमा धान रोपाईँ प्रभावित भएको थियो ।

यस वर्ष मधेशमा सबै भन्दा धेरै धान उत्पादन सप्तरी जिल्लामा भएको छ भने सबैभन्दा कम मात्रामा धान उत्पादन धनुषामा रहेको छ । सप्तरीमा २ लाख १७ हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ भने धनुषामा एक लाख १७ हजार ६०० टन मात्रै धान फलेको छ ।

विवरणअनुसार सिराहमा एक लाख ६६ हजार, बारामा एक लाख ९१ हजार ६२ मेट्रिकटन, पर्सामा एक लाख ९७ हजार ९४६ मेट्रिकटन, महोत्तरीमा एक लाख २२ हजार मेट्रिकटन धान फलेको छ ।
रौतहटमा एक लाख ४१ हजार मेट्रिकटन धान उत्पादन हुँदा सर्लाहीमा एक लाख ४१ हजार ९८० मेट्रिकटन धान फलेको प्रदेश मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once