Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

बारा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको सामान बरामद

spot_img

बीरगन्ज,०३ पुस । जिल्ला प्रहरी कार्यालय बाराले बिल बिजक भन्दा बढी लोड रहेको सामान बरामद गरेको छ । अमलेखगञ्ज र पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले ३ लाख ३५ हजार भन्दा बढीको सामान बरामद गरेको हो ।

बारा प्रहरीले गरेको जाँचमा जुत्ता र प्याज बरामद गरेको जनाएको छ । प्रहरीले बा १७ च ७७८० नम्बरको मारुती भ्यानबाट २४३ जोर जुत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

यसैगरी प्रदेश १–०१–००१ ख ३५७८ नमबरको यात्रुबाहक बसबाट एक हजार किलो प्याज बरामद गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्ति अनुसार प्रहरीले यात्रुबाह बसलाइ छोडेको छ भने मारुती भ्यानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once