Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

अख्तियारले तारेखमा छाड्यो बालकृष्ण खाँणलाई

spot_img

काठमाडौं,२९ मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । तर, प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।

शुक्रबार अवेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैंक ग्यारेन्टी जम्मा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once