Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एकजनाको मृत्यु

spot_img

बारा,२७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सवार रहेको गाडीमो तोडफोड भएपछि स्थित तनाव ग्रस्त बनेको थियो।

नगर प्रमुख किशोरी साहले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोज्दा आन्दोलनकारीहरुसित बिबाद भएको थियो। सोही बिबादको क्रममा प्रहरीले गोली चलाएको तथा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृतकको भने अहिलेसम्म पहिचान नभएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले चलाएको गोलीबाट घटनास्थलमै एकनाको मृत्यु भएको बताइएको छ ।

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्यास प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

बिगत पाँच महिनादेखि सिम्रोनगढ नगरपालिकाका कर्मचारीले तलब नपाउँदा उनीहरु आन्दोलनरत छन् ।नगरपालिकाको गेटमै बसेर उनीहरु नगरपालिकाको कामकाज ठप्प पारेर आन्दोलन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once