Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
18.1 C
Kathmandu

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

spot_img

काठमाडौँ,२६ मंसिर । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरूको आकर्षण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूका लागि हो ।

 

विदेशबाट अध्ययन गर्न क्यानडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टाभन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरूमा उत्साह थपिएको छ । क्यानडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धी मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रतिहप्ता २० घण्टाभन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।

 

क्यानडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन् । उनी मन्त्री बनेसँगै क्यानडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिँदै आएको मानिन्छ । गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए । पहिले नै क्यानडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टाभन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरूमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् ।

 

अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडामा रहुञ्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्देश्यले क्यानडाले विद्यार्थीहरूलाई त्यहाँको बसाइँ अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाइ छ । जसका कारण उनीहरूको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवनयापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।

 

अध्यागमन मन्त्री मार्क मिलरले जनवरी २०२४ बाट लागू हुने गरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वार्षिक २० हजार ६३५ क्यानडियन डलर बराबरको पैसा बस्न तथा खानका लागि विनियोजन गर्न सिफारिस गरेका छन् । रेग्मीले बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानडाको बसाइँ सफल, सुखद र झन्झट रहित हुने बताए ।

यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको श्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् । भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नका लागि र जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले विद्यार्थीकै हित हुन्छ ।

गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन्, ‘यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्याउने छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once