Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

बजारभन्दा सरकारी मूल्य कम भएपछि धान बिक्री गर्न आएनन् किसान

spot_img

बीरगन्ज,२५ मंसिर । बजार मूल्यभन्दा सरकारी मूल्य कम भएपछि खाद्य ब्यावस्था तथा ब्यापार कम्पनीमा किसानहरूले धान बिक्री गर्न आएका छैनन् ।

कम्पनीको बीरगन्जस्थित कार्यालयले धान खरिद गर्न सुरु गरेपछि किसानहरू धान बिक्री गर्न आएका छैनन् ।किसानहरू धान बिक्री गर्न नआउनुको मुख्य कारण भने यसपालि सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा बढी बजारमै मूल्य रहेकाले किसानहरू कम्पनीलाई आफ्नो धान बिक्री गर्न आएका छैनन्।

गत शुक्रबारदेखि नै कम्पनीको बीरगन्जस्थित कार्यालयले सूचना जारी गरेर किसानहरुले उत्पादन गरेको सोना मन्सुली र जिरा मसिनो धान खरिद गर्न सुरु गरेको जानकारी दिएको थियो । तर अहिलेसम्म एक जना पनि किसानले आफ्नो धान कम्पनीको कार्यालयमा बिक्रीको लागि लिएर आएका छैनन् ।

कम्पनीले यसपालि सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ३ सय ६२ र जिरा मसिनो धानको मूल्य प्रति क्विन्टल ३ हजार पाँच सयमा खरिद गरिरहेको छ । तर सरकारी मूल्यभन्दा बढी बजारमा अहिले धान बिक्री भइरहेकोले किसानहरूले कम्पनीमा धान बिक्री गर्न आएका छैनन् ।

बजारमा अहिले सोना मनसुली धानको मूल्य प्रति क्विन्टल ३ हजार ७ सयसम्म रहेको छ । सरकारले तोकेको मूल्यभन्दा बजारमा नै अहिले किवन्टलमा तीनदेखि ४ सयसम्म बढी मूल्य धानको पाइने गरेकोले अहिलेसम्म कम्पनीको कार्यालयमा किसानहरू धान बेच्न नल्याएको खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जका सूचना अधिकारी समिर दाहालले बताए ।

सरकारी कमजोरी र गलत नीतिका कारणले यसपालि धानको सरकारी मूल्य बजार मूल्यभन्दा कम भएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए । कम्पनीले सधै जसो ढिलो गरेर धान खरिद गर्ने गरेको अधिकांश किसानहरूले आफनो धान बेचिसकेपछि मात्रै सरकारले खरिद गर्ने गरेको पनि उनले बताए ।

सरकारले समयमै खरिद नगर्दा प्राय: जसो केही समय पहिलेसम्म किसानहरूले दुई हजार सात सयप्रति क्विन्टलमा धान बेचेको गदीको भनाइ छ । कम्पनीको वीरगञ्जस्थित कार्यालयले यसपालि हालसम्मकै सबैभन्दा बढी ३७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएपनि किसानहरू भने त्यसको लाभ लिन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once