Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

सेयर बजारमा तीव्र उतारचढाव, एक घण्टामै २ अर्ब नाघ्यो कारोबार

spot_img

काठमाडौं,२५ मंसिर ।  अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

 

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्‍यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।

१२ बजेसम्म २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो । १२ बजेसम्म बैंकिङ १.१, विकास बैंक १.७, फाइनान्स १.१, होटल तथा पर्यटन १, जलविद्युत् १.५, जीवन बीमा ०.८, अन्य समूह ०.९ प्रतिशतले घटेका छन् । व्यापार र उत्पादन समूह केही बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once