Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

भाेली देखि सुरु हुने विवाहपञ्चमीको तयारी अन्तिम चरणमा

spot_img

जनकपुर,२५ मंसिर । जनकपुरधाममा सीताराम विवाह पञ्चमीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको छ।

मंसिर २६ गते देखि सुरु हुने विवाहपञ्चमी एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको थियो।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्। र यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले विगतको वर्षमा ४/५ लाख श्रद्धालुहरु विवाहपञ्चमीमा आएकोमा यस वर्ष सो संख्या अझै बढ्ने बताए।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ। मंसिर २६ गतेदेखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम पुस २ गते राम कलेवा गरी सम्पन्न हुन्छ।

एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर २६ गते मंगलवार जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ। नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ। त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरले दासले बताए।

त्यस्तै तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा हुन्छ। जसमा जनतीको रुपमा आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ। र विधिवत रुपमा एक हप्तासम्म चल्ने विवाहपञ्चमी सम्पन्न हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once