Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

spot_img

काठमाडौं,२४ मंसिर । एनसेलको सेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो।

प्रतिनिधि सभाका सांसद अमरेश सिंहले एनसेल आजियाटाको ८० प्रतिशत सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

यसैबीच सांसद सिंहले प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालले व्यापारीसँग पैसा लिएको आरोप पनि लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले दाहालको नामै किटेर व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका हुन्।

उता प्रधानमन्त्रीको सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। केही दिनअघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once