Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

बैंकहरु निर्मम साहुजी होइन, विकासको सहयोगी हुनुपर्छ : ओली

spot_img

काठमाडौँ,२४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका हुन् ।

‘अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ’, ओलीले भने, ‘कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।’

अध्यक्ष ओलीले अगाडि भने, ‘अफ्ठ्यारोमा पर्‍यो भनेदेखि, धकेलदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ, यस्तो मान्छेले किन्छ, महँगोमा बेच्न सकिन्छ लिलाम गरिहालौं भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन । बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ ।’

वचतकर्ताले बैंकमा जम्मा पारेको रकम कसैले ऋण लिइदिए मात्र बैंक चल्न सक्ने भन्दै ओलीले बैंकहरुले ऋणीको महत्व बुझ्नुपर्ने बताए । ‘लोन लिए न बैंक चल्छ, पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ ? अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने, पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ’, उनले भने ।

एमाले अध्यक्ष ओलीले बैंकहरुले आफुखुशी ऋणको ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए । ‘बैंकहरुबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणवस त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढ् मात्रै हुने हो । त्यो बढ् एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once