Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किए, भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो

spot_img

जनकपुर, मंसिर १७ । सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बसले किचिएर एकजनाको मृत्यु भएको हो ।
अन्दाजी ३५ वर्षीय मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र सिंह पजियारका अनुसार शनिबार साँझ करिब ७ बजेको समयमा तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए।

त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once